जाजरकोटमा शैक्षिक अवस्था सुधार्न भौतिक संरचना निर्माणमा तिब्र

सुर्खेत- जाजरकोट कुशे गाउँपालिकाको शैक्षिक अवस्था सुधार गर्नका लागि यहाँ भौतिक संरचनामा तिब्रता दिएको छ । जसअनुसार खानेपानी , शौचालय र विद्यालय भवन निर्माण गरी विद्यार्थीहरु पढ्ने वातावरण सिर्जना गरिएको हो ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, पहाडी क्षेत्र विकास अभियानको सहयात्रा दोस्रो परियोजना र गाउँपालिकाको संयूक्त सहकार्यमा उक्त संरचना निर्माण गरिएको हो । बालबालिकाहरुलाई सुरक्षित वातावरणमा गुणस्तरिया शिक्षा दिनका लागि भौतिक संरचना निर्माणमा जोड दिइ निर्माण गरिएको अभियानका वरिष्ठ कार्यक्रम संयोजक रत्नबहादुर डाँगीले जानकारी दिए ।
सन् २०१९ बाट सुरु भएको उक्त परियोजनाले सन् २०२२ सम्मा नयाँ ५ वटा विद्यालयका भवन निर्माण गरेको उनले जानकारी दिए । निर्माण भएका विद्यालयहरुमा वडा नम्वर ३ मा २ वटा , वडा नम्वर ५ मा १ वटा र वडा नम्वर ६ मा २ वटा रहेका छन् भने १७ वटा विद्यालय मर्मत गरी पढन योग्य बनाएको अभियानका शिक्षा संयोजक अरुण पाठकले जानकारी दिए ।
यसैगरी, पालिका भित्र व्यवस्थित , सुरक्षित र बालमैत्री शौचालय १७ वटा निर्माण गरिएको छ भने त्यस्तै विद्यालयमा बालमैत्री धाराहरु समेत समेत निर्माण गरिएको छ । पाठकका अनुसार २० वटा बालमैत्री धारा निर्माण गरिएको छ ।
विद्यालयको भित्रि भाग मर्मत तथा व्यवस्थापन समेत गरिएको छ । विद्यार्थी बस्न योग्य बनाउनका लागि मर्मत तथा भित्री भाग व्यवस्थापनका लागि ६ वटा विद्यालयमा काम गरिएको उनले जानकारी दिए ।

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया