इंग्लिस प्रिमियर लिगः आर्सनल र म्यानचेस्टर सिटी विजयी

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत आर्सनल र म्यानचेस्टर सिटीले जित हात पारेका छन् । शनिबार राति भएको खेलमा शीर्ष स्थानको आर्सनलले लेस्टर सिटीलाई १-० ले पराजित गर्यो ।
आर्सनललाई महत्वपूर्ण ३ अंक दिलाउन गाब्रिएल मार्टिनेलीले ४६ औँ मिनेटमा निर्णायक गोल गरे । जितसँगै आर्सनलले २४ खेलबाट ५७ अंक जोडेको छ । लेस्टर भने २४ अंकसहित १४ औँ स्थानमा छ ।
यता साविक विजेता म्यानचेस्टर सिटीले भने बर्नमाउथलाई ४-१ गोलअन्तरले पाखा लगायो । सिटीलाई जित दिलाउन जुलियन अल्भारेज, अर्लिङ हालान्ड र फिल फोडेनले एक-एक गोल गर्दा बर्नमाउथका क्रिस मेफमले एक आत्मघाती गोल गरे । बर्नमाउथका लागि जेफरसन लेर्माले एक गोल फर्काए ।
जितसँगै दोस्रो स्थानको सिटीले २५ खेलबाट ५५ अंक जोडेको छ । २४ खेलबाट २१ अंकमात्र जोडेको बर्नमाउथ भने १९ औँ स्थानमा झरेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया