१० खेलाडीमा सीमित एटलेटिकोसँग रियलको बराबरी

काठमाडौँ- स्पेनिस ला लिगाअन्तर्गत दोस्रो स्थानको रियल मड्रिडले एटलेटिको मड्रिडसँग अंक बाड्न बाध्य भएको छ । शनिबार राति भएको खेलमा रियलले १० खेलाडीमा सीमित भएको एटलेटिकोसँग १-१ गोलको बराबरी खेलेको हो ।
६४औँ मिनेटमा रातो कार्ड खाँदै एन्जेल कोरिय मैदान बाहिरिएपछि एटलेटिको १० खेलाडीमा सिमित भएको थियो । तर जोश गिमेनेजले ७८ औँ मिनेटमा गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाएका थिए ।
रियलका अल्भारो रोड्रिगेजले भने ८५ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । बराबरीसँगै दोस्रो स्थानको रियलले २३ खेलबाट ५२ अंक जोडेको छ । शीर्ष स्थानको बार्सिलोनाले भने २२ खेलबाट ५९ अंक जोडेको छ ।
एटलेटिको भने २३ खेलबाट ४२ अंक जोड्दै चौथो स्थानमा छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया