ओलम्पिक छनोटः नेपालले भियतनाम र अफगानिस्तानसँग मात्र खेल्ने

काठमाडौँ- सन् २०२४ मा फ्रान्समा हुने पेरिस ओलम्पिकको महिला फुटबलतर्फ नेपालले पहिलो चरणमा भियतनाम र अफगानिस्तानसँग मात्र खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले समूह नेपाल रहेको ‘सी’ को खेल नेपालमै हुने सुनिश्चित गर्दै नेपालले केवल भियतनाम र अफगानिस्तानसँग खेल्ने जनाएको हो ।
यस समूहमा नेपालसँगै भियतनाम, अफगानिस्तान र प्यालेस्टाइन रहे पनि प्यालेस्टाइनले भने छनोटबाट आफ्नो नाम फिर्ता लिएको छ ।
पहिलो चरणको छनोट अप्रिल ३ देखि ११ तारिखसम्म हुनेछ । समूह ‘सी’ विजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछ । उत्तर कोरिया, अस्ट्रेलिया, चीन, जापान र दक्षिण कोरिया भने दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया