नेवा: समुदायमा आज पनि किजा पूजा
रानीपाेखरीस्थित बालगाेपालेश्वर मन्दिर आज पनि खुल्ला

काठमाडौँ : सभ्यता र मौलिक चाडवाडका धनी नेवा: समुदायमा मंगलबार (आज) पनि भाइटीका (किजा पूजा) को रौनक छ । उनीहरूका केही समूहले आज पनि भाइटिका लगाउने भएपछि तिहारको रौनक बाँकी रहेको हो । तिथिअनुसार यस वर्ष आज बिहान पनि केही समय द्वितीया रहेकाले उनीहरूले टीका लगाउने भएका हुन् ।
कृषिप्रधान नेवा: समुदायमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा गरी तीन दिन तिहार मनाउँदै आएका छन् । नेवार समुदायको भाइटीकाका लागि भन्दै सरकारले मुलुकभर आज सार्वजनिक बिदासमेत दिएको छ ।
समुदायको अधिकांशले मंसिर १ मै भाइटीका लगाइसकेका भए पनि केहीले आज लगाउने भएका हुन् । १ गते भाइटीका नलगाउनेहरूलाई लक्षित गरेर रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज पनि खुला गरिएको छ । रानीपोखरीको बीचमा रहेको यो मन्दिर भुकम्पको कारण पाँच वर्षसम्म बन्द थियो ।
पुनर्निमाणपछि भाइटीकाका दिन सर्वसाधारणनिम्ति मन्दिर पहिलोपटक खुला गरिएको थियो । दिदीबहिनी नहुनेहरू मन्दिरमा पूजा गरी टीका लगाउने चलन छ । त्यसैले बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने चलन छ । आज बिहान ५ बजेदेखि नै मन्दिर खुल्ला गरिएको हो ।

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

कास्कीमा पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

व्यास नगरपालिकामा ठेक्कामार्फत १५ योजना सम्पन्न

सिरहामा एक वर्षमा लागुऔषधका एक सय नौ मुद्दा

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पाटे बाघहरु नामकरण गरिए

एनआइएमबी बैंकबिरुद्धको एनभिएको आन्दोलनमा सम्पुर्ण इन्जिनियरिङ्ग संघसंस्थाहरुको…

प्रतिक्रिया