ओलीले भने, ‘प्रचण्ड धोका दिने मान्छे'

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफनो वचनमा प्रधानमन्त्री पुष्पकमल प्रचण्ड पक्का नरहदाँ राजनीतिक अस्थिरता बढेको बताएका छन ।
राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले वचन फेर्ने पुरानो बानी नसुध्रिएको पनि आरोप लगाए ।
‘प्रचण्डजी एक थरी बोल्नुहुन्छ, गर्नुहुन्छ बेग्लै। उहाँसँग अस्ति भएको भेटमा मलाई भन्नुभयो– दुई महिना गाह्रो भयो है। नहोस् पनि कसरी उहाँ दाम्लो चुँडाएर जान खोज्ने, मैले रोक्दिन त सक्दिन, कतिञ्जेल रोक्ने ?’ ओलीले प्रचण्डको व्यावहार प्रति कटाक्ष गर्दै भने ।
माओवादी अध्यक्ष प्रचण्ड धोका दिने मान्छे भनेर आफूले पहिला देखी नै चिनेको बताउँदै ओलीले अहिले पनि प्रचण्डले व्यवहार नसुध्रिएको आरोप लगाए ।
‘तपाईंहरूलाई थाहा छ बिरालो पाल्न किन्नु पर्दैन दूध र भात दियो भने छिमेकीको बिरालो आफ्नै हुन्छ। एउटा कचौरामा दूध भात दिनुहोस् छिमेकीको बिरालो आफैँ आउँछ। प्रचण्डमा यही स्वभाव हावी छ। जता पाइन्छ उहाँ ढल्कि हाल्नुहुन्छ’ ओलीले भने ।
उनका अनुसार १० पुसमा भएको सहमति तोडेर कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउन खोजेको बताउँदै ओलीले २५ फागुनसम्म सहमतिमा आउन सक्ने भन्दै प्रतिक्षा गरिरहेको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया