रिद्धिसिद्धि सिमेन्टद्वारा मनहरी बहुमुखी क्याम्पसलाई शैक्षिक सामग्री हस्तान्तरण

मकवानपुर । नेपालमा पहिलोपटक अत्याधुनिक रोवोटिक प्रणाली प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले शुक्रबार मकवानपुर, मनहरी– ८, सिम्पानीमा अवस्थित मनहरी बहुमुखी क्याम्पसलाई ल्यापटप, कम्प्यूटर, प्रिन्ट, प्रोजेक्टरसहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
शुक्रबार आयोजित एक कार्यक्रममा रिद्धिसिद्धि सिमेन्टका प्रमुख कार्यकारी अधिकृत गुणबहादुर खनालले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “हाम्रो सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लाकै विकट क्षेत्र (राक्सिराङ्ग कैलास, मनहरी) लगायतका क्षेत्रका आर्थिक रुपमा विपन्न विद्यार्थीहरुले लाभान्वित हुने गरि हामीले यो शैक्षिक सामाग्रीहरु वितरण गरेका हौं ।”
उक्त कार्यक्रममा क्याम्पसका अध्यक्ष तथा पूर्व सांसद ओम बहादुर घलानले कम्पनीको सहयोग प्रति हार्दिक मन्तव्य तथा आभार व्यक्त गर्दै उद्योग सञ्चालन र विकाशका लागि सो भेगका जनताले सहयोग गर्ने विश्वास पनि व्यक्त गरे ।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। आगामी दिनमा पनि कम्पनीले यस्तै सामाजिक कार्यक्रम गर्दै जाने जनाएको छ ।

नेपालको पहिलो टाइल्स कम्पनीले आफ्नो चौथौं वार्षिक साधारण सभा थाइल्यान्डमा गर्दै

एनसेलले ल्यायो 'बिज सधैं अन' मा मनसुन बिजनेस अफर

हाम्रो पात्रोले अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स प्राप्त गर्यो

धादिङकी पार्वती बनिन् एनसेल करोडपति

बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको “सर्वश्रेष्ठ वितरक-दक्षिण एसिया…

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव प…

इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो

प्रतिक्रिया