एसियन हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौं– एशियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणहरुका लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँट कार्य सम्पन्न भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँटसम्बन्धी कार्यक्रम आइतबार सम्पन्न भएको हो ।
गत माघ २७ देखि फागुन ३ गतेसम्म आवेदन दिन सकिने गरी सर्वसाधारणहरुका लागि कुल ६ लाख ९७ हजार दुई सय कित्ता शेयर निष्काशन गरिएको थियो । उक्त आईपीओमा १४ लाख २५ हजार ७ सय २० जना योग्य आवेदकहरुबाट एक करोड ४ लाख ४५ हजार ८ सय २० कित्ता शेयरका लागि आवेदन प्राप्त भएको ।
यसमध्ये ६९ हजार ७ सय २० जनाले गोलाप्रथा मार्फत १० कित्ता शेयर पाएको एसियन हाइड्रोपावरले जनाएको छ ।
आईपीओ बाँडफाँटको नतिजा यस कम्पनीको वेबसाईट https://asianhydro.com.np/ मार्फत हेर्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा छ ।
कम्पनीले इलाम जिल्लामा निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन समेत शुरु गरिसकेको ६.२ मे.वा क्षमताको तल्लो जोगमाई खोला जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयवासी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको आईपीओ बाँडफाँटको कार्य यसअघि सम्पन्न गरिसकेको छ ।
एशियन हाइड्रोपावर उर्जा डेभलपर्स प्रा.लि को सम्बद्ध संस्था हो । उर्जा डेभलपर्स र यससँग सम्बन्धित कम्पनीहरुले सन् २०३० सम्ममा कुल १००० मेगावाट क्षमताका विद्युत आयोजनाहरु विकास गर्ने लक्ष्य लिएको छ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया