शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

चाँगुनारायणमा २५ वर्षीया युवती बलात्कृत

प्रतिकात्मक तस्बिर

भक्तपुर। २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अछाम मेल्लेख गाउँपालिका–६ घर भई हाल भक्तपुर सूर्यबिनायक नगरपालिका–१ बस्ने २१ वर्षीय उमेश रावललाई प्रहरीले पक्राउ गरेको छ । 

रावलले ती महिलालाई चाँगुनारायण नगरपालिका–८ स्थित एक रिसोर्टमा सोही दिन राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा  थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।