सन् २०१७ पछि म्यानचेस्टर युनाइटेडले जित्यो पहिलो उपाधि

काठमाडौँ- म्यानचेस्टर युनाइटेडले कारबाओ कपको उपाधि हात पारेको छ । आइतबार राति वेम्बलीमा भएको फाइनलमा न्यूकासल युनाइटेडलाई २-० गोलअन्तरले पराजित गर्दै युनाइटेडले उपाधि जितेको हो ।
सन् २०१७ पछि युनाइटेडको यो पहिलो उपाधि हो । ६ वर्षअघि युनाइटेडले युरोपा लिगको उपाधि जितेको थियो । यता न्यूकासल भने सन् १९६९ देखि उपाधि विहिन बन्दै आएको छ ।
युनाइटेडलाई उपाधि दिलाउन कासेमिरो र मार्कस रासफोर्डले एक-एक गोल गरे । कासेमिरोले ३३ औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । रासफोर्डले ३९ औँ मिनेटमा गरेको गोलसँगै युनाइटेडले उपाधि आफ्नो पोल्टामा पार्यो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया