मेस्सीले पुरा गरे ७०० गोल

काठमाडौँ- अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले विभिन्न व्यावसायिक क्लबहरूका लागि ७०० गोल पूरा गरेका छन् । फ्रेन्च लिग वानअन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मार्सेललाई ३-० गोलअन्तरले पराजित गर्दा मेस्सीले ७०० गोल पूरा गरेका हुन् ।
पीएसजीको जितमा कायलियन एमबाप्पेले २ गोल गरे । जितसँगै शीर्ष स्थानको पीएसजीले २५ खेलबाट ६० अंक जोडेको छ । दोस्रो स्थानको मार्सेलको ५२ अंक छ ।
पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोपछि ७०० गोल पूरा गर्ने मेस्सी दोस्रो खेलाडी बनेका छन् ।
अर्कोतर्फ एमबाप्पेले पीएसजीका लागि २०० गोल पूरा गरेका छन् । उनले एडिसन काभानीको २ सय गोलको कीर्तिमान बराबरी गरेका छन् ।
* यसअघि यही समाचारको शीर्षकमा मेस्सीले पुरा गरे ७०० गोल हुनुपर्नेमा रोनाल्डोका ७०० गोल हुन गएकोमा सच्याइएको छ । - सम्पादक

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया