आइपीएल खेलेका अस्ट्रेलियन खेलाडीहरूलाई श्रीलंका वा माल्दिभ्स लगिने

काठमाडौँ: भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले मंगलबार इन्डियन प्रिमियर लिग (आइपीएल) स्थगित भएको घोषणा गर्यो । आइपीएलमा बाँकी रहेका खेलहरू कहिले हुन्छ, टुङ्गो छैन । भारतमै हुन्छ वा अन्य मुलुकतर्फ सारिन्छ भन्नेबारेमा पनि केही बताइएको छैन ।
यस्तोमा विदेशी खेलाडीहररू घर फर्कने तयारीमा छन् । यद्यपि अस्ट्रेलियन खेलाडीहररूको हकमा भने घर फर्कन सजिलो छैन । किनभने भारतबाट जानेलाई अस्ट्रेलियाले प्रवेश गर्न दिएको छैन । त्यसकारण अस्ट्रेलियन क्रिकेटरहरूले प्रवेश अनुमतीका लागि केही समय पर्खनु पर्नेछ । यस्तो अवस्थामा अस्ट्रेलियन क्रिकेटहरूलाई श्रीलंका वा माल्दिभ्समा राखिने बताइएको छ ।
यसै सन्दर्भमा अस्ट्रेलिया क्रिकेटका प्रमुख कार्यकारी अधिकृत निक हक्लीको भनाइ सार्वजनिक भएको छ । ‘बीसीसीआईसँग कुरा भइरहेको छ । हाम्रा खेलाडीहरूलाई भारतबाट अन्तै सारिनेछ । विकल्पका रूपमा श्रीलंका र माल्दिभ्स छन् । मलाई लाग्छ दुई तीन दिनमा बीसीसीआईले निर्णय गर्छ,’ हक्लीले बुधबार सिड्नीमा स्थानिय पत्रकारहरूसँग कुरा गर्दै भनेका छन् ।
आइपीएल खेलेर घर फर्कने अस्ट्रेलियन खेलाडीहरूलाई बीसीसीआईले हवाई जहाज चाटर्ड गरेर घर पठाउने प्रतिबद्वता जाहेर गरेको पनि हक्लीले बताए ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया