मधेसमा एमालेले सरकार नछाड्ने

जनकपुरधाम। मधेस प्रदेश सरकारमा नेकपा एमालेको समर्थन कायमै रहने भएको छ । सोमबार एमालेले संघीय सरकारबाट बाहिरिने निर्णय गरेपनि मधेस प्रदेशमा भने अहिले समर्थन कायमै रहने प्रदेश संसदीय दलका नेता सरोज यादवले जानकारी दिएका छन् ।
भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका यादवले संचारकर्मीसंग कुरा गर्दै भने 'तत्काल मधेस सरकारलाई समर्थन कायम रहनेछ र हामी सरकारमै रहनेछाैं, पार्टीको केन्द्रीय निर्णयपछि मात्र केही निर्णयमा पुग्नेछाै ।'
मधेस सरकारमा हाल एमालेका चारजना मन्त्री र सभामुख छन् । १०७ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा एमालेका २५ जना प्रदेशसभा सदस्य छन् । मधेसमा बहुमतका लागि ५४ जना सांसदको आवश्यकता रहे पनि जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादव एमालेसहित ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

प्रतिक्रिया