सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने कांग्रेस नेता खड्काकाे दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्काले राष्ट्रपतिमा रामचन्द्र पौडेल सर्वसम्मत रूपमा विजयी हुने दाबी गरेका छन् ।

रिपोटर्स क्लव नेपालले मंगलबार काठमाडौंमा गरेको साक्षात्कारमा खड्काले प्रखर, योग्य र निष्ठापूर्वक राजनीति गरेको व्यक्तित्वलाई कांग्रेसले अघि सारेको भन्दै पौडेल सर्वसम्मत रूपमा विजयी हुने दाबी गरेका हुन् । नेता खड्काले कांग्रेसले संविधानको धारा ७६ को ३ अनुसार सरकार बनाउने हो कि भनेर बजारमा चलेको हल्लामा कुनै सत्यता नभएको जिकिर गरे ।

उनले अहिले पनि प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा मन्त्रिपरिषद् पुनर्गठन हुने बताए ।

साक्षात्कारमा एमालेकी नेतृ एवं निवर्तमान कृषिमन्त्री ज्वालाकुमारी साहले एमालेले अव प्रतिपक्षीको भूमिका निर्वाह गरेर देश र जनताको सेवा गर्ने बताए । उनले व्यक्तित्व र क्षमताको हिसावले सुवास नेम्वाङको विजयी सुनिश्चित रहेको उल्लेख गरे ।

उनले आफूले कृषि मन्त्रीका रूपमा छोटो अवधिमा धेरै राम्रा कामहरू गरेको दाबी गरे ।