मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

बजाजको अभियान ‘सुनेर हैन हेरेर पत्याउँ’

काठमाडौं–पछिल्लो समय नक्कली पार्टसबाट उपभोक्ताहरु ठगिएको गुनासो आएपछि बजाजले सुनेर हैन हेरेर मात्रै पत्याउँ अभियानको सुरु गरेको छ।उपभोक्ताहरुलाई कसैले त्यस्ता नक्कली स्पेयर पार्ट्सहरु बेचेर नठगून भन्ने उद्धेश्यका साथ जनचेतनामूलक क्याम्पेन सुरु गरिएको हो ।

बजारमा कतिपय नक्कली स्पेयरपार्ट्सको विगविगी भएको अवस्थामा बजाजले यस्तो अभियानको सुरु गरेको जनाएको छ ।

सुनेर हैन हेरेर मात्र पत्याउँ नामक यो क्याम्पेनमार्फत उपभोक्ताहरुलाई आफ्ना आधिकारिक वर्कशपहरुमा पाईने गुलाबी स्टीकर टाँसिएका स्पेयर्स पार्टस्हरु नै सक्कली हुन र यिनै सक्कली स्पेयर पार्ट्स नै किन्नुहोला भनेर सचेत बनाउन खोजिएको छ ।

कसैले केवल भनेकै आधारमा स्पेयर पार्ट्सहरु चयन गर्दा त्यो नक्कली पनि पर्नसक्छ तर आफैले गुलाबी रंगको स्टीकर हेरेर स्पेयर पार्ट्स किनेमा आफू निश्चिन्त हुन सकिन्छ भन्ने सन्देश यहाँ दिन लागिएको छ ।

यसले गर्दा उपभोक्ताहरु झुक्किनु पर्ने छैन भन्नेमा कम्पनी विश्वस्त छ ।