मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

क्यूआरबाट नेशनल लाईफ इन्स्योरेन्सकोे बीमा शूल्क भुक्तानी गर्न मिल्ने

काठमाडौं– नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमाशुल्क भुक्तानी अब क्युआर कोडबाडै गर्न सकिने भएको छ । ग्राहक वर्गहरुलाई उच्चतम प्रविधिमा आधारित सर्व सुलभ सेवा प्रदान गर्ने उदेश्यले कम्पनीको सबै शाखा मार्फत यस्तो सुविधा ल्याइएको हो ।

फोन पे नेटवर्कमा आवद्ध वित्तीय संस्था इसेवाको माध्यमबाट क्यूआर स्क्यान गरि बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको छ ।कम्पनीको प्रमुख कार्यकारी अधिकृतसुरेश प्रसाद खत्री र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काको समुपस्थितिमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाजिम्पाटस्थित केन्द्रिय कार्यालयमा एक समारोहबीच सो सेवाको औपचारिक शुरुवात गरिएको छ ।

यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहक वर्गहरुले नगदरहित भुक्तानी गरी लाभ उठाउन सक्ने आपेक्षा गरिएको  छ ।