'जनताको करबाट पूर्व राष्ट्रप्रमुखको उपचार गरी राज्यलाई भार नबोकाऊ'

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जनताको करले राजनीतिज्ञ र उच्च ओहदाका व्यक्तिको उपचारमा खर्च गरेर राज्यलाई भार नबोकाउन आग्रह गरेका छन् ।
पूर्वराष्ट्रपति डा.रामवरण यादव र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राज्यले उपचार गर्न २ करोड ७५ लाख उपलब्ध गराएपछि उनले मंगलबार फेसबुकमा स्टाटस लेखेर प्रतिक्रिया जनाएका हुन् ।
'आम सर्वसाधारण सामान्य उपचारका लागि छटपटाइरहनु परेको अवस्थामा कुनै व्यक्ति विशेषप्रति आजीवन राज्यको असीमित दायित्व हुनु विडम्बनापूर्ण छ,' उनले भनेका छन्, 'जीवनको एउटा कालखण्डमा उच्च ओहदामा पुगेकालाई असीमित लाभ दिने र आम नागरिकले सामान्य लाभ पनि लिन नसक्ने असमान व्यवस्था न्यायसंगत छैन ।'
असमान व्यवस्थाको अन्त्य गरी विद्यमान नीतिमा संशोधन गरेर भएपनि सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउन उनले माग गरेका छन् । 'जनताको करबाट राजनीतिज्ञ वा उच्च ओहदाका व्यक्तिको उपचारको असीमित दायित्व नबोकाइयोस,' उनले अगाडि थपे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया