कांग्रेसको कोर्ष करेक्सनले सकारात्मक परिणाम ल्यायो : नेता निधि

जनकपुरधाम- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाली कांग्रेसले गरेको कोर्ष करेक्सनले सकारात्मक परिणाम ल्याएको बताएका छन् ।
मंगलबार जनकपुरधाममा आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमितिको पदस्थापन कार्यक्रममा पार्टी पूर्वउपसभापति समेत रहेका निधिले आम निर्वाचनपछि एमालेसँगको सहकार्यमा बनेको सरकारपछि कांग्रेस र माओवादीबीच दूरी भएको बताए ।
कांग्रेसकै सामान्य गलतीका कारण लोकतान्त्रिक शक्तिका रूपमा रहेको पाँच दलीय गठबन्धन भत्किँदा लोकतान्त्रिक जमात शक्तिमा निराशा मात्र होइन कि पश्चाताप समेत भएको उनले बताए । तर, त्यो गल्तीलाई सच्याउन नेपाली कांग्रेसले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका रूपमा विश्वासको मत दिएर कोर्ष करेक्सनको सुरुवात गरेको पनि उनकाे भनाइ छ ।
पछिल्लो परिवर्तनको प्रमुख राजनीतिक शक्ति नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) केन्द्रबीच दूरी बढ्दा देशले पनि दुःख पाउने भएकाले पुस १० को ‘कोर्स करेक्सन’ गर्दै राष्ट्रिय सहमतिको राष्ट्रपतिका लागि सबै लोकतान्त्रिक शक्ति एक भएपछि पहिलाभन्दा पनि बढी ८ दलीय गठबन्धनले थप मजबुत बनेको उनले दाबी गरे ।
उनले सम्पूर्ण दलको सहमतिमा राष्ट्रपति चयन गर्ने चाहनामा नेकपा एमाले बाधक भए पनि संसद्मा रहेका १० दल सहमतिका लागि एक ठाउँमा उभिने विश्वास व्यक्त गरे । 'आठ दल एक ठाउँमा उभिसकेका छौँ, आम जनता पार्टीले राष्ट्रपतिमा समर्थन जनाइसकेको छ । सरकारलाई समर्थन कायमै राखेकाले राष्ट्रिय स्वतन्त्र पार्टी पनि थपिने हाम्रो विश्वास छ,' निधिले भने ।
संविधान र प्राप्त उपलब्धिकाे रक्षाका लागि परिवर्तन पक्षधर दलहरूबीचको सहमति अपरिहार्य रहेको बताउँदै उनले प्रधानमन्त्री प्रचण्डले जुनसुकै दिन विश्वासको मत लिन चाहे पनि कुनै समस्या नरहेको दाबी गरे ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया