आजै 'सरप्राइज' नाम दिने प्रदेश १ को तयारी, दलहरूबीच गोप्य सहमति

विराटनगर - प्रदेश १ को नामाकरणबारे दलहरूबीच सहमति भएको छ । आज बस्ने प्रदेश सभा बैठकमाबाट नामाकरणको सबै प्रक्रिया टुंग्याउने दलहरूबीच गोप्य सहमति भएको हो । प्रदेश सभामा रहेका दलहरूबीच गोप्य रूपमा नामाकरणको खाका तयार भइसकेको स्रोतको दाबी छ । प्रदेश १ को पहिलो पाँच वर्षे कार्यकालमा प्रदेशको नामाकरण हुन नसकेपछि दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै नामाकरण टुंगिने निश्चित भएको हो ।
दलहरूले सहमतिका साथ सरप्राइज नाम दिने सहमति गरेको दाबी उच्च स्रोतले गरेको छ । बुधबार बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर नामाकरणको प्रक्रियामा सहमति जुटाउने तयारी छ ।
आजै पेश हुने नामाकरणको प्रस्तावलाई संशोधन गर्न दुई घण्टाको समय निर्धारण गरिएको छ । बेलुका ८ बजेसम्म लगाएर भए पनि नामाकरणको प्रक्रिया टुंग्याउने सहमति दलहरूबीच भइसकेको जनाइएको छ ।
नामाकरण हुन नसकेको भन्दै प्रदेश सभाको पहिलो अधिवेशनमै प्रदेश सभाका सदस्यहरूले चर्को आवाज उठाउँदै आएका थिए । उनीहरूले बेनामे प्रदेश बनाएर अघि बढ्न नहुने भन्दै आ–आफ्ना दलहरूमा लबिङ गर्दै आएका थिए ।

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_QD2CnW3M2I_hu2gpzgy9laal8fclhvdam72ajncozwngdjh1dmtguwz6at8ivtgk8uny4q5.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया