रामचन्द्र र सुवाश नेम्वाङको प्रशंसा गर्दै बाबुरामले दिए शुभकामना

काठमाडौँ - नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपतिका दुवै उम्मेदवार योग्य,अनुभवी र सालीन रहेको बताएका छन् । राष्ट्रपतिका उम्मेदवार
रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ दुवै हाम्रो संविधानले परिकल्पना गरेको सेरेमोनियल राष्ट्राध्यक्षनिम्ति योग्य,अनुभवी,सालीन उमेदवार रहेको उनको भनाइ छ ।
गणतन्त्र नेपालको राष्ट्रपतिले दलीय, गुटीय र अन्तर्राष्ट्रिय स्वार्थ/दबाब भन्दामाथि उठेर संविधानको पालना गरे पुग्ने भन्दै दुवैलाई शुभकामना दिएका छन् ।
'रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ दुवै हाम्रो संविधानले परिकल्पना गरेको सेरेमोनियल राष्ट्राध्यक्षनिम्ति योग्य,अनुभवी, सालीन उमेद्वार हुनुहुन्छ!' नले लेखेका छन्, 'गणतन्त्र नेपालको राष्ट्रपतिले दलीय, गुटीय र अन्तर्राष्ट्रिय स्वार्थ/दबाबभन्दा माथि उठेर संविधानको पालना गरे पुग्छ ! हार्दिक शुभकामना!'
राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास चन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।
आउँदो फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनका संघीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता रहेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया