मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

विदेशबाट पठाएको रकम वालेटमा प्राप्त गर्न सकिने

काठमाडौँ - आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता भएको छ । सम्झौताअनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरूले सिधै आइएमई पे वालेटबाट दाबीगरी पाउने भएका छन् । 

ग्राहकहरूलाई सहज तरिकाले विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको रकम झन्झट् बिना प्राप्त गर्न मिल्ने उदेश्यका साथ सम्झौता गरिएको हो ।

यो सुविधा केही समय पस्चात् लाइभ हुनेछ र लागु गरेपस्चात् ग्राहकवर्गहले रेमिट्यान्स वालेट मै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।