जेठ १७ मा लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन

काठमाडौं : लुम्बिनी प्रदेशको अन्य समूहको तर्फबाट राष्ट्रियसभा सदस्य पदमा रिक्त पद पूर्तिका लागि जेठ १७ मा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन हुने भएको छ । बैशाख १९ को मन्त्रिपरिषद्को निर्णयानुसार जेठ १७ गते सोमबार उपनिर्वाचनको मिति घोषणा भएको हो ।
माओवादीबाट निर्वाचित सांसद चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि यो पद रिक्त छ । उपनिर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगबाट बुधबार निर्वाचन कार्यतालिका स्वीकृत भएको छ ।
जेठ १७ गते हुने मतदानका लागि विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । यसैगरी, लुम्बिनी प्रदेशको राजधानी तोकिएको दाङ जिल्लाको सदरमुकाम घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगबाट निर्णय भएको छ ।

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री र…

राष्ट्रपति पौडेलसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

एमालेद्वारा ह्वीप जारी
उपराष्ट्रपति यादवसँग अमेरिकी राजदूत थम्प्सनको भेटवार्ता

बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्छ : प्रकाशशरण महत

प्रकाशमानविरूद्ध खनिएका कान्छारामलाई बजेट नपरेको चिन्ता कि ठेक्का तोडिएको कुण्…

बंगलादेशमा थप विद्युत् निर्यातको पहल भइरहेको छ : ऊर्जामन्त्री खड्का

प्रतिक्रिया