सभामुख गाैतम भन्छन् : नामकरण नगर्नु भनेको संघीयता विरोधीलाई बल पुर्याउनु हो

विराटनगर- प्रदेश १ को प्रदेश सभाको १३ औं बैठक सुरु भएको छ । बैठकले प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची सभामुख बाबुराम गौतमले अघि बढाएका छन् ।
सभामुख गौतमले प्रदेश सभाको दोस्राे कार्यकालमा पनि प्रदेश १ को नामकरण नगर्दा संघीयता विरोधीलाई बल पुग्ने बताएका छन् । उनले प्रदेशको नामकरण नगरेर सधैं भरी आलोचनाको भुमरीमा पर्नु उचित नहुने भन्दै सर्वसम्मत रूपमा नाम पाउने विश्वास व्यक्त गरे ।
'विलम्ब गर्नु भनेको संघीयता विरोधीलाई बल पुर्याउनु हो, अब विधि प्रक्रियाबाट प्रदेशको नामकरण गर्नु उचित हुन्छ,' सभामुख गौतमले भने, 'सधैं आलोचनाको भुमरीमा पर्नु राम्रो होइन, सर्वसम्मत रूपमा नाम पाउने गरी आजको बैठकको कार्य प्रारम्भ गरेको छु ।'
सभामुख गौतमले प्रदेश सभाको बैठक अघि बढाएपछि 'कोशी' नामको प्रस्तावक रहेका नेकपा एमालेका सभा सदस्य राम रानाले प्रस्ताव प्रस्तुत गरेका छन् ।
त्यसैगरी नेकपा एसका नेता राजेन्द्रकुमार राईले पनि किरात-लिम्बुवान-सगरमाथा' नाम प्रस्ताव गर्दैछन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया