प्रदेश १ नामकरणको प्रक्रिया सुरु, कांग्रेस समर्थक नबसी 'कोशी' नाममा समर्थन जनाउँदै

विराटनगर- प्रदेश १ को नाम 'कोशी' राख्न सहमत भएको नेपाली कांग्रेस उक्त प्रस्तावको समर्थकबाट भने हटेको छ । समर्थकबाट हटे पनि प्रस्तावको पक्षमा मतदान गर्ने निर्णयमा पुगेको हो ।
कांग्रेससंगकै छलफलबाट नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाले प्रदेश १ को नाम कोशी राख्ने सहमतिसहित नामकरणसम्बन्धी प्रस्ताव अघि बढाउने निर्णय गरेका थिए ।
कोशी नामकरण गर्न दलको बैठकबाटै निर्णयमा पुगेको माओवादी केन्द्र पनि प्रस्तावको समर्थक बसेको छैन ।
कांग्रेसले भने कोशी नाममा समर्थन जनाएको माओवादी पनि समर्थक नबसेको भन्दै प्रस्तावको मत विभाजनका क्रममा पक्षमा मतदान गर्ने गरी समर्थकबाट नाम हटाएको हो । प्रस्तावमा कांग्रेसका तर्फबाट भूमिप्रसाद राजवंशीले समर्थन जनाएका थिए ।
नामकरणमा पहिचानको माग गर्ने समुदायको सहानुभूति लिनका लागि कांग्रेसले यस्तो रणनीति लिए पनि प्रस्तावको पक्षमै मतदान गर्ने भएको हो ।
माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने पहिचानका पक्षमा लागेको पार्टीले जनताबाटै भोट नपाएको भन्दै जनमतका आधारमा अघि बढ्नुपर्ने अवस्था सिर्जना भएको बताए ।
प्रदेशको नामकरण नगरेर सधैं भरी बस्ने अवस्था नरहेको उनले बताए ।

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_OdXbNHBYka_9tzn0noh92h7ayzmgpk14m3bgaqkfx5ft2yhtzfn0rydnnxw8b7tw7haisdr.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_Hnayj1m39f_c9zwurcxiw7ybphlhl3gav9irdwb372h8sc4c0hp9pu5ekt3wabolfuvxcsj.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया