भीभीआईपीका लागि आईसीयू र भेन्टिलेटर साँच्दै सरकार
संक्रमित सामाजिक सञ्जालमा भेन्टिलेटर खोज्दै, सरकार वास्तविक संख्या लुकाउँदै

काठमाडौँ : मुलुकमा पछिल्लो समय दोस्रो लहरको कोभिड-१९ को संक्रमण तीव्र रूपमा फैलिएपछि मुलुकभर गम्भीर प्रकृतिका संक्रमितहरू अस्पताल भर्ना हुने क्रम बढिरहेको छ । संक्रमित बढ्दै जाँदा उपचारका लागि अस्पतालमा बेड अभाव भइसकेका छन् । गम्भीर प्रकृतिका संक्रमितले विभिन्न माध्यमबाट भेन्टीलेटर र आईसीयूको खोजी गरिरहेका छन् ।
धेरै मानिसहरू सामाजिक सञ्जालको प्रयोग गरी सक्रिय भएकाले विभिन्न माध्यममा जोडिएर अस्पतालमा आइसीयू र भेन्टिलेटरको खोजी कार्य भइरहेको छ ।कोभिड-१९ इमर्जेन्सी ग्रुपमा कृष्ण अधिकारीले '४७ वर्षीय पुरुषलाई भेन्टिलटरको चाहियो' भन्दै म्यासेज गरे । तत्कालै ग्रुपमा भएका साथीहरूले विभिन्न अस्पतालका फोन नम्बर दिए ।
केहीले ग्रुपमा भनिरहेका थिए,' उपत्यकाको सबै अस्पतालमा रहेका आईसीयू र भेन्टिलेटर बेड प्याक छन् । विभिन्न अस्पतालका नाम लिदै सम्पर्क गर्नू ।' दोस्रो लहरको कोभिड कडा खालको रहेकाले सघन कक्षमा भर्ना हुनेको संख्य बढ्दै गएको हो । संक्रमित बढेसँगै बेडको अभाव भएको छ । धेरै संक्रमितले आईसीयू र भेन्टिलेटरको खोजी गर्दागर्दै ज्यान गुमाइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा सघन कक्षमा सात सय ५६ संक्रमित उपचाररत छन् । मुलुकभरका विभिन्न अस्तपाल गरी भेन्टिलेरसहित दुई हजार ६ सय आइसीयू बेड छन् । स्वास्थ्य मन्त्रालयले दैनिक जारी गर्ने आईसीयू र भेन्टिलेटरको तथ्यांक फरक रहेको इकागजले फेला पारेको छ । १७ सय २ आईसीयू र भेन्टिलेटर नौ सय रहेको पाइएको छ ।
मन्त्रालयले जारी गर्ने दैनिक डाटा र इकागजले प्राप्त गरेको डकुमेन्टमा पाँच सय ९६ बेडको अन्तर रहेको छ । संक्रमित बेड नपाएर छटपटिरहेको समयमा यतिका धेरै कहाँ हरायो भनी स्वास्थ्य मन्त्रालयमा सम्पर्क गरेको थियो । संक्रमणको दर बढिरहेकाले विशिष्ट व्यक्तिका लागि आईसीयू राखिएको हुन सक्ने सर्वसाधारणले आशंका व्यक्त गर्न थालेका छन् । केही वरिष्ठ चिकित्सकहरूले पनि भीभीआईपीका लागि साँचेको हुनसक्ने आशंका व्यक्त गरे ।
'आइसीयूको संख्या दिनप्रतिदिन थप्दैछौ'
पहिलो चरणको कोभिडमा गम्भीर प्रकृतिका संक्रमित बढेपछि गत वर्षदेखि विभिन्न अस्पतालमा आईसीयू र भेन्टिलेटर तयार गरिरहेको मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारी बताउँछन् । 'आवश्यकता अनुसार अस्पतालमा भएका आइसीयू र भेन्टिलेटर थप्नेछौ र थपिरहेका पनि छौ,' उनले भने,' करिब करिब सबै अस्पतालमा आईसीयू सञ्चालनमा आइसकेका छन् ।'
सरकारले कुनै पनि आईसीयूको संख्या नलुकाएको उनले दाबी गरे । दिनप्रतिदिन आईसीयूको बेड थपिएको तथ्यांक सार्वजनिक गरिने उनले जानकारी दिए । जनशक्ति अभावमा कतिपय अस्पतालमा भएका आईसीयू र भेन्टिलेटर सञ्चालनमा ल्याउन नसकेको डा. अधिकारीको भनाइ छ ।
'दीर्घ रोग भएका संक्रमितको उपचार शुल्क बढी'
सरकारी अस्पतालले निशु:ल्क उपचार गर्ने भएकाले सबै प्याक हुन सक्छ । तर निजी अस्पतालले बढी शुल्क लिने पाउने आशामा बेड लुकाएको हुन सक्ने अनुमान गर्न थालेका छन् । कोभिड संक्रमितका लागि उपचारमा कुनै पनि कमी हुन नदिएको निजी अस्पतालहरूको छाता संगठन 'अफिन' का वरिष्ठ उपाध्यक्ष कुमार थापाले बताए ।
'अस्पतालमा भएक सबै बेड प्रयोग गरिएको छ, लुकाउनका लागि बेड बनाएका हैँनौ,' भने,' आइसीयू लुकाइएको भन्ने लाग्छ भने सबैलाई अनुगमन गर्न अनुरोध छ ।' सरकारले तोकेको संक्रमितको उपचार शुःल्क भन्दा बढी नलिएको थापा बताउँछन् । आईसीयू र भेन्टिलेटरसहित ६ हजार रुपैयाँ भन्दा नलिएको उनको दाबी छ । 'चिकित्सक शुल्क र दीर्घ रोग भएकाहरूको उपचार खर्च बढी लागेको हो,' उनी भन्छन् ।
कोभिड संक्रमितको उपचार गत वर्षदेखि गर्न थालेको उनले जानकारी दिए । सरकारसँग भएको सम्झौतामा विद्युत शुल्कमा कटौती गर्ने थियो। सहुलियत ऋण उपलब्ध गराउने भन्दा पनि त्यस्तो सेवा कटौती गरी जरिवाना गराएको उनले गुनासो गरे ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोका फेरि पक्राउ
प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

सिँचाइका लागि प्रयोग गरिएको विद्युत् करेन्ट लागेर वृद्धको मृत्यु

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

प्रतिक्रिया