संक्रमितको सम्पर्कमा आएका सबैलाई पीसीआर गर्न काठमाडौँ महानगरको आग्रह

काठमाडौँ : कोभिड-१९ संक्रमितको सम्पर्कमा आएका सबैलाई पीसीआर परीक्षण गराउन काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ। बुधबार महानगरको ६० औँ कार्यपालिकाको बैठकले स्वास्थ्यमा जटिल समस्या आइपरे स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न पनि नागरिकलाई अनुरोध गरेको छ ।
संक्रमितलाई होम आइसोलेशनमा बस्न र अरुलाई संक्रमण सार्न नदिन चनाखो हुनुपर्ने महानगरपालिका स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले बताए । भिडभाड नगर्न र जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने उनको भनाइ छ ।
कुँवरले निषेधाज्ञाको पूर्णरूपमा पालना गर्न पनि आग्रह गरेका छन् । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सचेतना कार्यक्रम गर्न महानगरबासीलाई आग्रह गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्रहरी र रोटरीद्वारा पाँचसय वृक्षारोपण, ५० हजार रोप्ने लक्ष्य

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

सुर्खेतमा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु

फितलो विपद् पूर्वतयारीले निम्त्याउनसक्ने संकट

मध्यबानेश्वरको सडकमा खानेपानीको पाइप फुटेर बगिरहेको छ पानी (फोटो/भिडियो)

प्रतिक्रिया