गण्डकी प्रदेश प्रमुखको अभिव्यक्ति संविधान र संसदीय पद्धतीविपरीत : खाण

काठमाडौँ : नेपाली कांग्रेसका प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाणले गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सिता पौडेलले संविधानमा उल्लेखित व्यवस्था र संसदीय पद्धतीविपरीत अभिव्यक्ति दिएको बताएका छन् । संविधान अनुरुप ‘सेरेमोनिएल पद’ मा नियुक्त प्रदेश प्रमुखले जनप्रतिनिधिहरूको संस्थाका प्रमुखमाथिको टिप्पणी स्वीकार्य नहुने प्रमुख सचेतक खाणले बताए ।
नवनियुक्त प्रदेश प्रमुख पौडेलले आज पदभार ग्रहण गर्दै ‘सभामुखको राजीनामा माग्ने घडी आइसक्यो । जिम्मेवारी सबै सभामुखले लिनुपर्छ । समस्याको कसरी निकास निकाल्ने हो, सभामुखले कार्ययोजना ल्याउनुपर्छ’ भन्ने अभिव्यक्ति दिएकी थिइन् ।
‘प्रदेश प्रमुखले जनप्रतिनिधिहरूको संस्थाका प्रमुखबारे टिकाटिप्पणी गर्नु उचित हुन्न । प्रदेश प्रमुख एउटा संवैधानिक अंग हो, तसर्थ संविधान अनुसार ‘सेरेमोनिएल पोजिसन’मा बस्नुपर्छ,’ खाणले इकागजसँग भने, ‘उनले यस्तो अभिव्यक्ति दिएर पूर्ण सर्वसत्तावाद र निरंकुशताको बलमै आफ्नो भूमिकालाई हस्तक्षेपकारी बनाउन खोजेकी हुन् । त्यो कदापी स्वीकार्य हुन सक्दैन ।’
राजनीतिक दल र सरकारसँग कुरा गरी सहमतिमा र त्यसो हुन नसके संविधान र त्यसअन्तर्गत बनेका कानुन अनुरुप सदन चलाउने दायित्व सभामुखको भएको खाणले बताए । ‘सभामुखको भूमिकाका विषयमा सांसदहरूले प्रश्न उठाउन सक्छन् । प्रदेश प्रमुखले प्रश्न उठाउने पद्धती संसदीय संघीयता भएका मुलुकमा हुँदैन ।’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया