मुग्लिन-पोखरा सडक राति चार घण्टा बन्द हुने

काठमाडौं - पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-पोखरा सडकखण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ । पोखरा सडकखण्ड योजना पूर्वी खण्ड तनहुँका अनुसार बिमलनगरदेखि दमौलीको घाँसीकुवा सडकखण्डमा भित्तो काट्ने काम गर्नुपर्ने भएकाले आज राति १२ बजेदेखि बिहान चार बजेसम्म १० दिन राजमार्ग बन्द हुने भएको हो । आयोजनाका प्रमुख नगेन्द्र सुवेदीका अनुसार दिउँसोको भन्दा रातिमा सवारीको चाप कम हुने हुँदा रातको समयलाई प्राथमिकतामा राखिएको बताए ।
आयोजनाले रात १२ बजेदेखि बिहान ४ बजे अघि र पछि मात्रै यात्रा गर्न अनुरोधसमेत गरेको छ ।
तनहुँको आँबुखैरहनीदेखि कास्कीको पोखरा जाने पृथ्वी राजमार्ग विस्तारको काम निकै सुस्त गतिमा अगाडि बढेको भन्दै कामको गति बढाउन दबाब परेको छ ।

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

ह्युमपाइप राखेर खुलाइयो अवरुद्ध नाला-भक्तपुर सडकखण्ड

प्रतिक्रिया