तराई-काठमाडाैं जाेड्ने वैकल्पिक मार्ग कान्तिलोकपथ बन्द

मकवानपुर । तराई र संघीय राजधानी काठमाडौ जोड्ने वैकल्पिक मार्ग कान्ति लाेकपथ पनि बन्द गरिएको छ ।
मधेस प्रदेशबाट हेटौंडा हुँदै काठमाडौं ओहोरदोहोर गर्ने कान्ति लोकपथ आजदेखि चैत १० गतेसम्मको लागि बन्द गरिएको हो । मकवानपुर जिल्लाको हेटौँडा हुँदै ललितपुर जोड्ने कान्ति लोकपथ मर्मतको लागि बन्द हुने भएको हो ।
कान्तिलोकपथ मर्मतका लागि फागुन १८ गतेदेखि आगामी चैत १० गतेसम्मको समय निर्धारण गरेको छ ।
मकवानपुरको ठिङ्गननजिक रहेको बागमती पुलबाट ललितपुरतर्फ सडक मर्मत एवं कालोपत्रेका लागि कान्ति लोकपथ बन्द गरिएको जनाइएको छ । सडक बन्द भएपछि यात्रुहरु भने समस्यामा परेका छन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा गत सोमबार बसेको बैठकले आजदेखि कान्तिलोकपथको दुईतर्फी बन्द गर्ने निर्णय गरेको हो । आजदेखि लागू हुने गरी कान्ति लोकपथमा दुईतर्फी सवारी साधनको आवागमन पूर्णरूपले बन्द गरी हेटौँडा–काठमाडौँ चल्ने सुमोलगायतका साना सवारी साधनका व्यवसायीलाई सिस्नेरी र चित्लाङ सडकमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था मिलाउने गरी निर्णय गरिएको छ ।
बन्द अवधिका लागि हेटौँडाबाट काठमाडौँ जान हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रूट हुँदै एकतर्फी र काठमाडौँबाट हेटौँडा आउन थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

ह्युमपाइप राखेर खुलाइयो अवरुद्ध नाला-भक्तपुर सडकखण्ड

प्रतिक्रिया