एमालेको ‘मिसन ग्रासरुट’ अभियान : जिल्ला-जिल्लामा अभिमुखीकरण

काठमाडौँ- नेकपा एमालेले यही फागुन ५ गतेदेखि सुरु गरेको दुई महिने वैचारिक तथा साङ्गठानिक सुदृढीकरण अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत विभिन्न जिल्लामा अभिमुखीकरणलगायतका गतिविधि सञ्चालन गरेको छ ।
निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न एमालेले सो अभियान सुरु गरेको हो । एमालेको सचिवालयको पन्ध्रौंँ बैठकले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्न अभियान सञ्चालन गरी केन्द्रीय, प्रादेशिक र जिल्ला नेतालाई स्थानीय तह स्तरमा खटाउने निर्णय गरेको थियो । अभियानका लागि केन्द्रीय कमिटीका सदस्यहरू दुई महिना स्थानीय तहमै रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजना अनुसार कार्यसम्पादन गर्नुपर्नेछ ।
हालसम्म नुवाकोटमा पार्टी सचिव गोकर्णराज विष्ट, जुम्लामा सचिव योगेशकुमार भट्टराई, पर्वतमा स्थायी कमिटी सदस्य खगराज अधिकारी, गोरखामा स्थायी कमिटी सदस्य किरण गुरूङ, उदयपुरमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, बारामा पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेल, बाँकेमा केन्द्रीय सदस्य डकबहादुर खड्का, तनहुँमा सचिव पद्मा अर्यालको उपस्थितिमा बैठक र भेला भई कार्यविभाजन भएको छ ।
एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जनतालाई जागरूक बनाउँदै एमालेलाई बहुमतमा पुर्याउन कार्यकर्ता गाउँघरमा खटिने बताए । उनले एमाले कुनै पनि शक्ति सामु नझुक्ने र आफ्नो बलमा उभिएर सही मुद्दाका साथ जनताको इजलासमा खडा भएकाले जनताबाट न्याय पाउने अपेक्षामा रहेको जनाए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया