रामचन्द्र पौडेलको जित निश्चित छ : प्रदीप पौडेल

काठमाडौं- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाली ८ दलीय गठबन्धनमा कांग्रेसको तर्फबाट राष्ट्रपतिमा उम्मेदवार दिएका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गरेका छन् ।
बिहीबार काठमाडौंमा भएको ८ दलीय गठबन्धनका सांसदहरूको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बनेका रामचन्द्र पौडेलको पक्षमा मत माग्नका लागि यो कार्यक्रम गरिएको पनि उल्लेख गरे ।
उनले अभिमुखीकरण कार्यक्रममा ८ दलका शीर्ष नेताहरूले आफ्ना सांसदहरूलाई उम्मेदवार पौडेलका लागि मत मागिरहेको उल्लेख गरे । उम्मेदवार पौडेल राष्ट्रपति भइसकेपछि राष्ट्रपति पदको मर्यादा कायम राख्ने र संविधानलाई अक्षुण्ड राख्दै संविधानको संरक्षकका रूपमा काम गर्ने, राष्ट्रियता राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्नेमा विश्वस्त रहेको बताए ।
सांसद पौडेलले राष्ट्रपति पद देशको अभिभावकका रूपमा र संविधानको संरक्षकका रूपमा राष्ट्रपति रहनुपर्ने भन्दै राष्ट्रपतिले हस्तक्षेपकारी भूमिका खेल्न नहुने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया