कस्तो छ ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ बुकिङ ?

काठमाडौँ - वर्षकै ठूलो भिडन्त मानिएको ‘छक्का पञ्जा ४’ र ‘छड्के २’को प्रारम्भिक फुटफल कमजोर देखिएको छ । हप्ता दिनअघि बुकिङ खुलाएका दुवै फिल्मले रिलिजको पूर्व सन्ध्यामा पर्याप्त टिकट बेच्न सकेका छैनन् । दुई फिल्ममध्ये ‘छक्का पञ्जा ४’ले देशभरका मल्टिप्लेक्समा बढी सो पाएको छ । तर यही सिरिजका पूर्व फिल्मको तुलनामा फिल्मको बुकिङ कमजोर देखिएको छ ।
अघिल्ला सिरिजले बुकिङ खुले लगत्तै आक्रामक व्यापार गर्ने गरेका थिए । फिल्मले काठमाडौँका मल्टिप्लेक्समा साँझतिरका सोमा राम्रो अकुपेन्सी कायम गर्ने संकेत देखाएको छ तर बिहानी र दिवा सोमा यो फिल्मले पनि दर्शक भेला गर्न संघर्ष गरिरहेको छ । त्योबाहेक काठमाडौँबाहिरका हलमा त यो फिल्मले पनि खाता खोल्न सकेको छैन ।
‘छड्के २’ त बुकिङमा झनै कमजोर देखिएको छ । ‘छक्का पञ्जा ४’ भन्दा हल संख्यामा पछि परेको यो फिल्म बुकिङमा पनि पछाडि छ । अहिलेकै लय कायम रहने हो भने ‘छड्के २’ अनमोल केसीको अहिलेसम्मकै कमजोर ओपनिङ गर्ने फिल्मको रुपमा यो फिल्म दर्ज हुनेछ । काठमाडौँबाहिर वा भित्र कतै पनि दर्शकले यो फिल्म हेर्न टिकट काटेका छैनन् ।
ढिला गरी ट्रेलर सार्वजनिक गरेका दुवै फिल्मका टिजर–ट्रेलरले युट्युब ट्रेन्डिङमा ठाउँ बनाएका थिए । तर डिजिटल भ्युज थियाट्रिकल भ्युजमा परिणत नहुने समस्या दुवै फिल्ममा टड्कारो देखिएको छ । दुवै फिल्मले यो पटक प्रचार प्रसारमा पनि समय दिएका थिएनन् । दुवै फिल्मको मिडिया उपस्थिति न्यून रहेको थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया