‘नाइँ नभन्नू ल ६’को एक्सनप्याक टिजर, इमोसनमा एक्सनको जलप

काठमाडौँ - पारिवारिक कथाले दर्शकको मन छुँदै आएको ‘नाइँ नभन्नू ल ६’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरले यो पटक इमोसनसँगै फिल्ममा एक्सनको पनि मात्रा रहेको संकेत दिएको छ ।
विकासराज आचार्य निर्देशित सिनेमाबाट यो पटक मुख्य अभिनेताको रुपमा आशिर्वाद क्षेत्रीले डेब्यू गर्दैछन् । टिजरमा उनलाई छरितो एक्सन गरिरहेको देख्न सकिन्छ । फिल्ममा उनले आँचल शर्मासँग सुहाउँदो रोमान्स पनि गरेका छन् ।
‘नाइँ नभन्नू ल’ कै चौथो शृंखलाबाट डेब्यू गरेकी उनले छैटौँ शृंखलामा आफूलाई दोहोर्याएकी हुन् । फिल्मबाट केही बाल कलाकारले पनि डेब्यू गरेका छन् ।
वैशाख १ गते सार्वजनिक हुन लागेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने फिल्मका निर्माता विष्णुमणि दाहाल हुन् । फिल्मको कार्यकारी निर्माताको रुपमा सञ्जय न्यौपाने र रमेश चौधरी रहेका छन् ।
काठमाडौँ र झापामा खिचिएको फिल्ममा हिमाल केसीको द्वन्द्व र सन्देश शाहको सम्पादन रहेको छ । फिल्ममा आशिर्वाद र आँचलसँग प्रियंका कार्की, अनुभव रेग्मी केकी अधिकारीको पनि भूमिका रहेको छ । टिजरमा अनुभवले भने ठाउँ पाएका छैनन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया