भिभोका दुई स्मार्टफोन– भी२५ई र वाई१५सीको मूल्य घट्यो

काठमाडौं– भिभोले आफ्नो भी र वाई सिरिजको नवीनतम स्मार्टफोन– भी२५ई र वाई१५सी मोडलहरूको मूल्य भारी मात्राले घटाएको छ । भी२५ई (८+१२८ जीवी) को पुरानो मूल्य रु. ४२,९९९ थियो र रु ३००० घटेर अब यो स्मार्टफोन नयाँ मूल्य रु.३९,९९९ मा उपलब्ध हुनेछ ।
त्यस्तै रु १७,९९९ मूल्य रहेको भिभो वाई१५सी को मूल्य पनि रु ३००० ले घटेको छ । वाई१५सी मार्च १ तारिखदेखि मार्च ३१ तारिखसम्म रु १४,९९९ मूल्यमा उपलब्ध हुनेछ । यो नयाँ मूल्य नेपालको सबै रिटेल स्टोर र ई–कमर्स साइटहरूमा उपलब्ध हुनेछ ।
भिभो नेपालका सीईओ माइकलले भने, “भिभोमा, हामी हाम्रा ग्राहकहरूको जीवनस्तर वृद्धि गर्न र उनीहरूलाई हाम्रा उत्पादनहरूमा थप पहुँचयोग्य बनाउन निरन्तर लागि परेका छौं । हामी भिभो स्मार्टफोनको मूल्य घटाएर हाम्रा उपभोक्ताहरूप्रतिको यो प्रतिबद्धता कायम राख्न चाहन्छौं । दुवै भी र वाई सिरिजका स्मार्टफोनहरू किफायती र धेरै विशेषता भएका स्मार्टफोनहरू रोज्ने प्रयोगकर्ताहरुको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो ।”
भिभो भी२५ई मा ६४ एमपी ओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा छ जसमा उच्च–संवेदनशील सेन्सर र ओआईएस छ जसले हाइब्रिड इमेज स्टेबलाइजेशन प्रदान गर्दछ । स्मार्टफोनमा बोकेह फ्लेयर पोट्र्रेट विशेषता पनि छ जसले डुअल क्यामेरा सेटअप प्रयोग गरेर रात्रिकालिन फोटोग्राफीलाई सुधार गर्दछ ।
फोनमा ४४ वाटको फ्ल्यासचार्ज र बलियो ४५०० एमएएच ब्याट्री रहेको छ जसले अत्यन्तै छिटो चार्ज गर्न अनुमति दिन्छ र प्रयोगकर्ताहरूले ब्याट्रीको जीवन वा फोन अत्यधिक तात्ने चिन्ता नगरी फोनका अन्य सबै क्षमताहरूको फाइदा लिन सक्छन् । भी२५ई मा मिडिया टेक हेलियो जी९९ सीपीयू छ जसले फोनमा भएका सुविधाहरूलाई सजिलैसँग सञ्चालन गर्दछ । यसमा ८ जीवी र्याम छ जसलाई ३.० र्यामको सहायताले ८जीवी सम्म विस्तार गर्न सकिन्छ । भी२५ई को कलर चेन्जिङ ग्लास प्यानलले सबैभन्दा बढी ध्यान तानेको छ । सूर्यको प्रकाशमा पर्दा, यसले बिस्तारै पछाडिको प्यानलको रङ परिवर्तन गर्छ ।
वाई१५सी मा आई प्रोटेक्शन सहितको ६.५१ इन्चको फूलभ्यू डिस्प्ले, विशाल ५०००एमएएच ब्याट्री, साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली एआई डुअल क्यामेरा छन् र यी सबैले सहज मनोरञ्जन अनुभव प्रदान गर्दछ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_YHeKGKdmv6_xegm6kwzoo5i8basqsai90nhxfh9ksfef3dupnysfrrav2d0zgzzhkwub8kn.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया