शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

नेपाली बजारमा नयाँ आएको नेक्स्ट–जेन फोर्ड एभरेष्टमा के के विशेषता ?

काठमाडौँ– जि.ओ. अटोमोबाइल्स प्रा.लि –जि ओ फोर्ड) ले नेपाली बजारमा नयाँ संस्करणको नेक्स्ट जेन फोर्ड एभरेष्ट भित्राएको छ । शक्तिवान, परिष्कृत र रोमाञ्चक ड्राइभलाई मध्यनजर गरी बनाईएको यस एसयूभीमा असाधारण आराम, ग्राहक केन्द्रित टेक्नोलोजीका साथ एड्भेन्चर रेडी फिचरहरु पनि रहेको छ ।
जि.ओ. अटोमोवाईल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले भने– ‘नेक्स्ट जेन फोर्ड एभरेष्ट उत्कृष्ट क्षमताहरुका साथ प्रभावशाली सुविधायुक्त एक नवीनतम तथा असल एसयुभी हो । यसले नेपाली ग्राहक तथा एड्भेन्चर प्रेमीहरुले अपेक्षा गरे भन्दा माथि उत्रिन सफल हुनेछ । यसको परिष्कृत मुल्यले नेक्स्ट–जेन एभरेष्ट धेरै नयाँ ग्राहकहरुको ईच्छाएको र छनौटको एसयुभी बन्नेमा हामी विश्वस्त छौँ ।’

बाहिरबाट शक्तिवान, भित्री आरामदायी 

पूर्ण चौडाईको कोस्ट–टू–कोस्ट इन्स्ट्रुमेन्ट प्यानल र सेन्टर कन्सोलद्वारा विस्तारित फराकिलोपनको आभास दिदैँ, नेक्स्ट–जेन एभरेष्टले आरामदायी र सुविधाजनक ड्राइभको लागि वायरलेस चार्जिङ र इलेक्ट्रिक पार्किङ ब्रेक जस्ता अन्य धेरै सुविधाहरू प्रदान गर्दछ । दुबै दोस्रो र तेस्रो पङ्क्तिको सीटहरू सुरक्षित लामो यात्राको लागि फ्ल्याट फोल्ड डिजाइन गरिएको छ । फोर्डको ग्लोबल डिजाइन डीएनए अन्तर्गत सी–क्ल्याम्प हेडल्याम्प र बलियो तेर्सो माथिल्लो ग्रिल बारमा प्रतिबिम्बित हुन्छ । अगाडिको छेउमा तेर्सो र ठाडो तत्वहरूको मिश्रणले यसको उपस्थितिलाई थप दरिलो बनाउँछ । 
नेक्स्ट–जेन फोर्ड एभरेष्ट आकर्षित र साहसिक यात्राको लागि यसको केन्द्रिय क्षमताको साथ डिजाइन गरिएको छ । प्रिमियम स्तरको कला कौशलले भित्री भाग बनाईएको छ जसमा सात जना सम्म लाई शान्त र परिष्कृत वातावरणका साथै उत्कृष्ट प्रविधि र सुरक्षाले प्रत्येक यात्रालाई थप यादगार बनाउँछ ।

ग्राहक केन्द्रित प्रविधि

नवीनतम प्रविधिको ठूलो र उच्च रिजोल्युसन भएको १२ इन्चको पोट्र्रेट टचस्क्रिन र १२.४ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल यसमा जडित छ र नेक्स्ट–जेन एभरेष्ट फोर्डको नवीनतम क्थ्ल्ऋद्धब्®प्रणाली रहेको छ ।
ड्राइभर असिस्ट टेक्नोलोजीहरूको नयाँ सुइटले भरिएको, नेक्स्ट–जेन एभरेष्टले तपाईंलाई र तपाईंको परिवारलाई सुरक्षित राख्न मद्दत गर्दछ । एक्टिभ पार्क असिस्ट २.० ले बटन थिच्दा पार्किङको तनाव कम गर्न मद्दत गर्छ साथै स्टप एण्ड गोको साथमा नयाँ क्रुज नियन्त्रण रहेको छ जसले चालकहरूलाई सडकमा थप आत्मविश्वास र कन्ट्रोलको महसुस गराउँछ । अन्य नयाँ सुरक्षा सुविधाहरूमा सडक किनारा पत्ता लगाउने लेन–किपिङ प्रणाली, इभासिभ स्टीयर असिस्ट, र रिभर्स ब्रेक समावेश छन् ।

साहसिक यात्राको लागि बनाईएको

नेक्स्ट–जेन एभरेष्टको ट्रयाकमा छण्mm वृद्धिले सडकमा थप नियन्त्रित सवार प्रदान गर्न मद्दत गर्छ, र ट्वीक्स टु डाम्पर सेटिङले फोर्ड टिमले एभरेष्टको अन–रोड र अफ–रोड सवारीमा थप रमाइलो र नियन्त्रित गर्न सहयोग दिएको छ ।  कुनै नयाँ ठाउँ एक्सप्लोर गर्न चाहनुहुन्छ? दुईवटा फोर–ह्वील ड्राइभ प्रणाली, अन्डरबडी प्रोटेक्शन र अफ–रोड चयन गर्न मिल्ने ड्राइभ मोड र रियर लकिङ डिफरेंशियल, दुई फंक्शनल टो हुक अपफ्रन्ट साथै एक्सेसरीजका लागि अपफिटर स्वीचको विकल्पसहित नेक्स्ट–जेन एभरेष्ट जान तयार छ ।
एभरेष्टको अफ–रोड स्क्रिनले सवारी साधनको जानकारी र अगाडिको दृश्य क्यामेरामा देखाउँछ साथै चालकलाई अवरोधहरू हेर्न र त्यसबाट निस्कन मद्दत गर्दछ । एकल बटन थिचेर, चालकले आफ्नो ड्राइभलाइन र डिफ–लक इन्डिकेटरहरू, स्टेयरिङ कोण र गाइडहरू साथै गाडीको रोल र पिच कोणहरू हेर्न सक्छन् ।
नेक्स्ट–जेन फोर्ड एभरेष्टमा ८०० एमएम सम्मको वाटर वेडिङ क्षमताका साथै अन्य धेरै नयाँ सुविधाहरू छन् ।
  

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम