‘ज्याकीः आई एम ट्वान्टी वान’ टिजर : धिरजको नृत्य काैशलको असरदार झलक

काठमाडौँ- फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को टिजर सार्वजनिक भएको छ । आउँदो वर्षको वैशाख २१ गतेबाट रिलिज हुन लागेको यो फिल्मको टिजरमा नायक धिरज मगरलाई मात्र देखाइएको छ ।
टिजरमा धिरजको सपनाको कथा भन्न खोजिएको छ । बाबु र आफ्नो सपना फरक हुँदा एक युवकले गरेको संघर्षलाई टिजरमा प्रस्तुत गरिएको छ । टिजरमा धिरजको डान्सिङ मुभका झलक देखाइएको छ जसले फिल्मको कथासँगै मुख्य पात्रको सपना र अवरोधलाई प्रष्ट पारेको छ । यी दृश्यमा धिरज सुहाएका छन् ।
फिल्ममा धिरज मगरको साथमा जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई लगायतका कलाकारको अभिनय छ ।
यो फिल्ममा सुशान्त प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रेनशा राई राना र सोमनाथ खनालको संवाद छ । कालिप्रसाद बाँस्कोटा र रोहित शाक्यको संगीत रहेको फिल्मको निर्देशन रेनशा राई रानाले गरेकी हुन् ।
फिल्म ‘आई एम ट्वान्टी वान’ले एक युवाको डान्सको सपनालाई प्रस्तुत गरेको छ । टिजर हेर्दा पनि फिल्मको मेकिङ उच्च देखिएको छ । धिरजले फिल्मका लागि निकै मिहिनेत गरेको प्रष्ट हुन्छ । आईकोर फिल्मस्को ब्यानरमा यो फिल्म निर्माण भएको हो । आईकोर फिल्मस्ले निर्माण गरेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ले बक्स अफिसमा औसत व्यापार गरेको थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया