सीतापाइलामा नयाँ हल सञ्चालनमा

काठमाडौँ - शुक्रबारबाट सितापाइलास्थित अनुपम मलमा सिके सिनेमाज् सञ्चालनमा आएको छ । नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सिना, किशोर खतिवडा र विवेक तिमिल्सिनाको लगानी रहेको छ । सिके सिनेमाज्को उद्धघाटन कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, काठमाडौं क्षेत्र नम्बर ८ का संघीय सांसद विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपमेयर सुशिला अधिकारी उपस्थित थिए ।
प्रमुख अतिथिको रुपमा बोर्ड अध्यक्ष केसीले रिबन काटेर हलको शुभारम्भ गरिएको थियो । हल शुभारम्भ कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष केसीले सिनेमा हल कलाकार र दर्शकको लागि मन्दिर भएको बताए । सिनेमा हल कलाकारका लागि नभई सिनेमा प्रेमीको लागि खुसीको कुरा भएकाले सहरमा मात्रै होइन् गाउँ गाउँमा सिनेमा हल खोल्नु पर्छ ।
साथै प्रमुख अतिथि केसीले सिके सिनेमाज् सञ्चालमा आउँदा सवै उत्साहित भएको उल्लेख गरे । यस्तै काठमाडौं क्षेत्र नम्बर ८ का सांसद विराजभक्त श्रेष्ठले नागार्जुन क्षेत्रमा हल सञ्चालन गरेको सम्पूर्ण जनताको तर्फबाट सञ्चालकलाई धन्यवाद ज्ञापनसहित बधाई दिए ।
आजको समाज सभ्य हुनुपर्ने र सभ्य समाजले आफ्नो सम्पत्तिको सुरक्षा गुर्नु पर्छ । त्यसले सिनेमा हल सवैको साझा सम्पत्ति भएकाले शान्ति सुरक्षा कायम राख्दै हलको सरक्षा गर्नु पर्ने बताए ।
अत्याधुनि सुविधासहित सञ्चालनमा आएको सिनेमा हलमा ३ सय ९१ सिट क्षमता रहेको छ । करिब १२ करोड लगानीमा निर्माण भएको सिनेमा ७१ र डल्बी एटमोस साउण्ड सिस्टम जडान गरिएको सञ्चालकक नरेन्द्र महर्जजले बताए । बिहीबार हलसञ्चालनको उपलक्ष्यमा सिनेमामा बलिउड सिनेमा पठान र नेपाली सिनेमा फूलबारी देखाइएको थियो । दुई पर्दा रहेको सिके सिनेमाज्मा शुक्रबारबाट नेपाली सिनेमा छड्के २ र छक्का पञ्जा ४ रिलिज भएका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया