प्रेस सम्बद्ध कानुनका लागि दलसँग संवाद बढाउनुस् : सभामुख घिमिरे

काठमाडौँ- सभामुख देवराज घिमिरेले सञ्चारसम्बद्ध ऐन कानुन बनाउन र कार्यान्वयन गर्न राजनीतिक दलसँग संवाद बढाउन आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको मिडियामा महिलाका सवाल विषयक विचारगोष्ठीमा बोल्दै सभामुख घिमिरेले विधेयक पास गर्ने थलो संसद भएकाले राजनीतिक दल र सांसदहरूसँग प्रभावकारी रूपमा छलफल गरेर आवश्यक ऐन कानुन बनाउन र विधेयक पास गर्न सुझाव दिएका हुन् ।
सभामुख घिमिरेले सूचना प्रविधिको विकाससंगै यसले समाजमा पारिरहेका नकारात्मक असरहरूलाई नियन्त्रण गर्नका लागि आवश्यक ऐन कानुन बन्न नसकेको र भएका केही कानुनहरूको पनि गलत ढंगले प्रयोग भइरहेको बताए । उनले चर्चामा रहेका विषयहरू र नेताहरूलाई नै प्रचारमा ल्याउने काम मात्रै आमसञ्चारले गरिरहेको भन्दै विषयवस्तुलाई पार्ने प्रभावलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलको ऐन र सञ्चारमाध्यमको ऐनलाई तत्काल संशोधन आवश्यक रहेको बताए । उनले सञ्चार माध्यमको पुरानो परिभाषाले सञ्चार माध्यमको नयाँ आयामलाई समेट्न नसकेको जिकिर गरे ।
त्यस्तै अन्य सहभागीहरूले आमसञ्चार माध्यममा महिला सञ्चारकर्मीहरूको अवस्थामा बारेमा चर्चा गरेका थिए ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया