पत्रकारिता जगत सशक्त बनाउन हाम्रो साथ छ: सभामुख पाठक

चितवन । संसदको गतिविधि जनतामाझ लैजान र सांसदहरूलाई झक्झक्याउनसमेत पत्रकारिता जगत सशक्त हुनुपर्ने बागमती प्रदेश सभामुख भुवनकुमार पाठकले बताएका छन् । यसका लागि प्रदेश सभाले पत्रकारसँग सदा सहकार्य गर्ने उनले बताए ।
पत्रकारिता क्षेत्र पछिल्लो समय सशक्त रूपमा विकास भएकोले विकृति रोकथाममा योगदान गरेको बताउँदै सभामुख पाठकले देश र समाजको यथार्थ र वास्तविकतालाई सहजै उपलब्ध हुने वातावरण सिर्जना भएको सभामुख बताए । बागमती प्रदेश सभा सचिवालयले चितवनको सौराहामा आयोजना गरेको सञ्चारकर्मीहरूसँग अन्तरक्रिया तथा संसदीय रिपोर्टिङ सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पाठकले यस्तो बताएका हुन् ।
कार्यक्रममा उपसभामुख अप्सरा चापागाईं खत्रीले बागमती प्रदेश संघीय राजधानी समेत रहेको र अन्य विविधताको हिसाबले आमसञ्चारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । संसदले जनताका आवाज सम्बोधन गर्नुपर्ने र चुकेका विषयमा खबरदारी गर्नुपर्ने भएकोले पत्रकारको भूमिका इमान्दारितापूर्वक निभाउन उनले आग्रह गरिन्। जनताका लागि सञ्चार संवाहक बनेर लागिपरेका पत्रकारलाई संसदले सधैँ सहयोग गर्ने उपसभामुख चापागाईंले बताइन् ।
कार्यक्रममा प्रदेश सभा सचिव कृष्णहरि खड्काले संसदीय रिपोर्टिङ गर्ने पत्रकारलाई कानून जानकारी अपरिहार्य रहेको बताए । संसदीय रिपोर्टिङमा पत्रकारको पहुँच कम भएको आभास आफूलाई भएको उनले बताए । बागमती प्रदेश सभाका सूचना अधिकारी सुन्दर बास्कोटा, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनिल खड्का, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाललगायतले प्रदेश सभाको गतिविधि रिपोर्टिङ र चुनौती बारे जानकारी गराएका थिए ।
मकवानपुर र चितवनका ४० जना पत्रकारको सहभागिता रहेको प्रशिक्षण कार्यक्रममा वरिष्ठ पत्रकार तथा इकागज अनलाइनका प्रधान सम्पादक हरिबहादुर थापाले प्रशिक्षण दिनेछन् । लामो समय संसदीय पत्रकारिता गरेका थापासँग संसदीय अभ्यासको सीप सहभागीले हासिल गर्ने छन् ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया