व्यवस्था फेरिए तर जनताको अवस्था फेरिएन : अध्यक्ष केसी
ढोरपाटन- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा व्यवस्थाहरू फेरिए पनि जनताको अवस्था नफेरिएको बताएका छन् ।
आज बागलुङमा आयोजित राष्ट्रिय जनमोर्चाको सातौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले स्वार्थको राजनीतिले गर्दा नागरिकको अवस्था जस्ताको त्यस्तै रहेको बताए ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीले सत्ताका लडाइँले जनता मारमा परिरहेको भन्दै लामो समय लडेर ल्याएको उपलब्धि विभिन्न शक्तिहरू सकाउने खेलमा लागेको बताए । गाउँमा बस्ने सर्वसाधारणलाई गणतन्त्र गएर लोकतन्त्र आएर केही फरक नै पार्न नसकेको अध्यक्ष केसीको भनाइ छ ।
'प्रणाली फेरियो, राणा शासनको ठाउँमा राजा शासन आयो, पञ्चायती व्यवस्थाका ठाउँमा गणतन्त्र आयो, सङ्घीयता आयो तर नेपाली जनताको अवस्थामा परिवर्तन आएन,' उनले भने ।
अध्यक्ष केसीले थपे, 'यहाँको व्यवस्थापासँग किसानहरूलाई सोझासाझा जनतालाई त्योसँग सरोकार हुँदैन, मात्र उनीहरूलाई नुन के भाउमा पाइन्छ ?, तेल के भाउमा पाइन्छ ?, छोराछोरीलाई स्कुल पठाउँदा कति ‘फी’ तिर्नुपर्छ ?, लत्ताकपडा चामल कसरी जोहो गर्नुपर्छ ?, त्यो बेलाको समस्या छुन्छ ।'
राजनीति गर्नेहरूले देश र जनताको लागि नभई आफ्नो स्वार्थका लागि गर्ने गरेकाले आम नागरिकको जीवनमा परिवर्तन हुन नसकेको उनले दाबी गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया