आइसोलेसन केन्द्रको सुरक्षाको जिम्मा सेनालाई

काभ्रे : कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा कोभिड-१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले अब आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले बनेपास्थित शिर मेमोरियल अस्पताल, नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युट र नमोबुद्ध नगरपालिकाको नौबिसेस्थित जनक बहुमुखी क्याम्पसमा व्यवस्थापन गरिएको आइसोलेसन केन्द्रको सुरक्षाको जिम्मा धुलिखेलस्थित कालिजङ्ग गणका नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको हो ।
शिर मेमोरियल अस्पालमा २०, इन्स्टिच्युटमा ५०, क्याम्पस भवनमा २५ र पाँचखाल नगरपालिकाको समाजकल्याण चोकमा १५ शय्याका आइसोलेसन कक्षको व्यवस्थापन गरिएको छ । सङ्क्रमणबाट मुत्यु भएकाको शव व्यवस्थापनसमेत नेपाली सेनाले गर्दै आएको छ ।
हालसम्म पनि जिल्लामा सरकारी, निजी र स्थानीय तहमा शव बाहन नभएको हुँदा शव व्यवस्थापनका लागि जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको मातहतमा रहने गरी शव बाहन उपलब्ध गराउन वाग्मती प्रदेशस्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रसँग माग गरिएको छ ।
सङ्क्रमितको सङ्ख्या सात सय नाघ्यो
काभ्रेपलाञ्चोकमा कोभिड-१९ बाट सङ्क्रमितको सङ्ख्या ७०० नाघेको छ । जिल्लाका विभिन्न पालिकामा गरी बुधबार एकै दिन १५८ जनामा सङ्क्रमण पुष्टि भएपछि अहिलेसम्मको सक्रिय सङ्क्रमितको सङ्ख्या ७६८ पुगेको छ । तीमध्ये विभिन्न अस्पतालको आइसोलेशनमा ५८ र होम आइसोलेसनमा ७४३ रहेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
कार्यालयका अनुसार अहिलेसम्ममा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या बनेपा नगरपालिकामा ३०१ पुगेको छ । धुलिखेल नगरपालिकामा १५८, पनौती नगरपालिकामा १५०, पाँचखाल नगरपालिकामा ६०, नमोबुद्ध नगरपालिकामा २८ र मण्डनदेउपुर नगरपालिकामा १९ जना सङ्क्रमित रहेका छन् ।
जिल्लामा सङ्क्रमण मुक्त भएर घर फर्कनेको सङ्ख्या १६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । आइसोलेशन कक्षका सबै शय्यामा अक्सिजनको व्यवस्था गरिनुका साथै बिरामीको सेवाका लागि २४ सै घण्टा एम्बुलेन्स सेवासमेत व्यवस्था गरिएको नगरपालिकाहरुले जनाएका छन् । रासस

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

बागमतीमा पन्ध्र चालक र सहचालक सम्मानित
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

प्रतिक्रिया