युवराज सफलको नेतृत्वमा नेपाल समाजवादी मोर्चा गठन

काठमाडौँ - युवराज सफलको नेतृत्वमा नौ सदस्यीय ‘नेपाल समाजवादी मोर्चा’ गठन भएको छ । यहाँ आज आयोजना गरेको एक कार्यक्रममा मोर्चा गठनकोे घोषणा गरिएको हो ।
कार्यक्रममा मोर्चाका संयोजक सफलले नेपालमा रहेका सम्पूर्ण समाजवादी शक्तिलाई एकताबद्ध गर्दै समाजवादी व्यवस्था निर्माण गर्ने उद्देश्यले मोर्चा गठन गरिएको बताए । समाजवादी आन्दोलन हुँदै अन्तर्राष्ट्रिय समाजवादी सहयोग सङ्गठन बनाएर अघि बढ्ने उनको भनाइ छ । “मुलुकमा भएका भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य गर्दै जनतालाई समाजवादी बाटोमा लैजाने र समृद्ध राष्ट्र निर्माण गर्ने हाम्रो उद्देश्य हो”, संयोजक सफलले भने ।
बैंक तथा वित्तीय संस्थाले दिने सेवासुविधाबाट नागरिक सन्तुष्ट नभएकाले उनीहरुको मर्म र भावनालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सम्बन्धित निकायलाई नवगठित मोर्चाले आग्रह गरेको छ । भान्सामा प्रयोग हुने कृषि तथा तरकारीजन्य वस्तुको गुणस्तर जाँच गरेर मात्र प्रयोग गर्ने व्यवस्था मिलाउन मोर्चाको माग छ ।
नवगठित मोर्चाको सचिवालय सदस्यमा क्रमशः सुशील नाथ योगी, कृष्ण खड्का, शोभा पाठक, रामराजा श्रेष्ठ, वासु पौडेल, अर्जुन अधिकारी, एलिजा तामाङ र गणेश ढकाल छन् ।
रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया