एमबाप्पेको कीर्तिमानी गोलमा पीएसजी विजयी

काठमाडौँ- कायलियन एमबाप्पेको कीर्तिमानी गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानअन्तर्गत नान्टेसमाथि ४-२ गोलअन्तरको जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा पीएसजीलाई जित दिलाउन लियोनल मेस्सी, डानिलो पेरेइरा र एमबाप्पेले एक-एक गोल गर्दा नान्टेसका जोएन हाजामले आत्मघाती गोल गरे । नान्टेसका लागि लुडोभिक ब्लास र इग्नाटियस गानागोले एक-एक गोल गरे ।
पीएसजीका लागि एमबाप्पेको २ सय १ औँ गोल हो । यससँगै उनी पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । यसअघि इडिनसन काभानीले २ सय गोल गरेका थिए ।
जितसँगै शीर्ष स्थानको पीएसजीले २६ खेलबाट ६३ अंक जोडेको छ । दोस्रो स्थानको मार्सेलको ५२ अंक छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया