आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

नेपालको आन्तरिक मामिलाबाट भारत पछि हटे अन्य मुलुक हाबी हुने पूर्वराजदूत रञ्जित रेको दाबी

काठमाडौँ- नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले नेपालको सबै वर्ग तथा विशेषगरी नयाँ राजनीतिक शक्ति र युवासँग भारत संलग्न रहनुपर्ने धारणा राखेका छन् । भारतीय अनलाइन पत्रिका डेक्कन हेराल्डमा आलेख लेख्दै पूर्वराजदूत रेले सबै वर्ग तथा नयाँ राजनीतिक शक्तिसँग नजिक हुनुपर्ने धारणा राखेका हुन् ।

उनले यदि भारतले कुनै पनि पाइला पछि सारे नेपालमा खाली ठाउँ सृजना हुने तथा नेपालको आन्तरिक मामिलामा अन्य मुलुक हाबी हुने दाबी गरेका छन् । यो भारतको हितमा नहुने उनको भनाइ छ । ‘भारतको लागि, हाम्रो सुरक्षा र विकास उच्च दाउमा रहन्छ; हामीले नेपालका सबै वर्गहरू र विशेषगरी नयाँ राजनीतिक शक्तिहरू र युवाहरूसँग संलग्न रहनुपर्छ,' उनले लेखेका छन्, 'कुनै पनि कदम फिर्ता वा हाम्रो प्रोफाइललाई कम गर्दा एक खाली ठाउँ सिर्जना हुनेछ जुन अरूले भर्नेछ र यो हाम्रो दीर्घकालीन रणनीतिक हितमा नहुन सक्छ ।'

काठमाडौँ डिलेमा तथा रिसेटिङ इन्डिया-नेपाल टाइज पुस्तकका लेखक रेले नेपाल अहिले कमजोर आर्थिक अवस्थासँगै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन तथा चीनको बेल्ट एन्ड रोड इनिसियटिभका माध्यमबाट नेपाललाई आफ्नो प्रभावमा पाने होडबाजी चलिरहँदा नेपाल राजनीतिक अनिश्चितताले ग्रस्त बनेको समेत दाबी गरेका छन् ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता