चितवनमा कोभिड–१९ संक्रमित गरे आत्महत्या

चितवन : चितवन माडी नगरपालिका–३ घर भएका ३५ वर्षे गोविन्द शाहले बिहीबार बिहान अत्महत्या गरेका छन् । यही बैशाख १५ गते रोजगारीका लागि भारत पुगेका शाह भर्खरै घर फर्केका थिए ।
शाहले २१ बैशाखमा माडीस्थित बघौडा अस्पतालमा कोभिड–१९ परीक्षणका लागि स्वावको नमूना दिएका थिए । उनमा बुधबार (हिजो) कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य बहादुर थापाका अनुसार शाह कोभिड पुष्टि भएपछि घरकै आइसोलेसनमा बस्दै आएका थिए ।
बिहीबार बिहान प्रहरीले शाहको शवलाई उनकै घरको सुत्ने कोठमा नाइलनको डोरीमा झुन्डिएको अवस्थामा निकालेको छ । प्रारम्भीक अनुसन्धानमा कोभिड भएकै कारण आत्महत्या गरेको देखिए पनि थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार माडी नगरपालिकामा अहिले २७ जना सक्रिय संक्रमित छन् । एक जना अस्पतालको आइसोलेसन र २६ जना होम आइसोलसनमा बसेका छन् ।

प्रधानमन्त्रीकै अगाडि रेनुले भनिन्- विकास निर्माणमा राजनीति नगरौँ, भरतपुर सडक…

६ लेनको सडक उद्घाटनमा पुगिन् मेयर रेणु

भूकम्पपछि पुनःनिर्माण थालिएका तीन विद्यालय भवन चार वर्षदेखि अलपत्र

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

काठमाडौँ महानगरले हटायो कवाडी संकलन केन्द्र
बाढीले क्षतिग्रस्त बिपी राजमार्ग : चार खण्डमा पुनर्निर्माण हुँदै

प्रतिक्रिया