आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

सीसीबीले दुई नेपाली बैंकलाई भन्यो : ठेकेदारले १५ दिनभित्र पुनरावेदन नगरे पैसा फिर्ता पठाउँछौं

काठमाडौँ : चाइना कन्स्ट्रक्सन बै‌क (सीसीबी) ले अदालतले ठेकेदारलाई १५ दिनसम्म पुनरावेदन गर्ने म्याद दिएकाले त्यपछिमात्र हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके) लाई पैसा फिर्ता पठाउने बताएको छ । 

झण्डै आठ वर्ष अघिको बैंक ग्यारेन्टीसम्बन्धि चिनियाँ कम्पनी- चाइना रेल्वे ब्यूरो फिफ्टीनसँगको मुद्दाको पुनः सुनुवाइमा मुद्दा जितेपछि दुई बैंकले सीसीबीको ग्यारेन्टीमा मेलम्ची खानेपानी आयोजनाको उक्त ठेकेदारलाई प्रदान गरिएको काउन्टर ग्यारेन्टीको पैसा फिर्ता गर्न माग गर्दै २१ कार्तिकमा पत्राचार गरेका थिए । 

उक्त पत्रको जवाफमा सीसीबीले ‘अदालतले पुनरावेदनका लागि दिएको समय कटेपछि काउन्टर ग्यारेन्टीको पैसा फिर्ता पठाउने’ जवाफ पठाएको हो । पुनः सुनुवाइको क्रममा चीनको हुनान प्रान्तको झेङ्झाउ इन्टरमिडियट पिपुल्स कोर्टले दुई नेपाली बैंकको पक्षमा फैसला गरेको थियो । 

१५ दिनसम्म पुनरावेदन गर्ने म्याद दिएकाले त्यपछिमात्र हिमालयन बै‌ंक र बैंक अफ काठमाण्डू (बीओके) लाई पैसा फिर्ता पठाउने

अदालतको फैसला प्राप्त हुनेबित्तिकै दुवै बैंकले सीसीबीसँग अदालतको फैसलाका आधारमा काउन्टर बैंक ग्यारेन्टीको पैसा फिर्ता गर्न माग गर्दै प्रस्ताव पठाएका थिए । बीओके र हिमालयन बैंकले मेलम्ची खानेपानी आयोजनाको चिनियाँ ठेकेदार चाइना रेल्वेले ल्याएको चाइना कन्स्ट्रक्सन बैंकको  बैंक ग्यारेन्टीलाई काउन्टर ग्यारेन्टी दिएका थिए । 

नेपालमा विदेशी बैंकको बैंक ग्यारेन्टी (जमानत) नचल्ने भएकाले नेपाली बैंकहरु चिनियाँ कन्स्ट्रक्सन बैंकको जमानतको आधारमा काउन्टर ग्यारेन्टी बसिदिएका थिए । मेलम्चीको ठेक्का एकपक्षीय रुपमा तोडेको उक्त ठेकेदारले बैंक ग्यारेन्टी रोक्का गर्न माग गर्दै उक्त अदालतमा मुद्दा दायर गरेको थियो । 

उक्त घटनापछि वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स एसोसिएसनले चिनियाँ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने र उनीहरुसँग कुनै कारोबार नगर्ने घोषणा समेत गरेको थियो । उक्त अदालतले चार वर्ष अघि चाइना रेल्वेको पक्षमा फैसला गरेपछि बीओके र हिमालयन बैंकले त्यहींको उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

नेपाली बैंकहरुको पुनरावेदन सुन्दै त्यहाँको उच्च अदालतले झेङ्झाउ इन्टरमिडियट पिपुल्स कोर्टमा पुनः सुनुवाइका लागि फिर्ता पठाएको थियो । अदालतले नेपाली बैंकहरुको पक्षमा फैसला दिदैं पुनः सुनुवाइका लागि १५ दिनको समय दिएको थियो । 

नेपाली बैंकहरुले काउन्टर ग्यारेन्टी दिएको रकम चाइना रेल्वेले ठेक्का तोडेपछि मेलम्ची खानेपानी आयोजना विकास समितिले जफत गरिसकेको छ । चाइना कन्स्ट्रक्सन बैंकको जमानतमा हिमालयन बैंकले ६६ लाख ६५ हजार अमेरिकी डलर र बीओकेले ६२ लाख अमेरिकी डलर तथा १४ लाख युरो काउन्टर ग्यारेन्टी दिएका थिए ।

चाइना रेल्वेले ठेक्का तोडेर भागेपछि मेलम्चीले हिमालयन र बीओकेसँग  बैंक जमानतबापत्को रकम मागेको थियो । सुरुमा दुवै बैंकले ठेकेदारले चीनमा मुद्दा दायर गरेकाले चाइन कन्स्ट्रक्सन बैंकसँग जमानीको पैसा लिन नसकेको भन्दै आलटाल गरेका थिए । तर नेपाल राष्ट्र बैंकले २०७० कार्तिक २५ मा चाइना रेल्वेको जमानीबापत्को पैसा मेलम्ची विकास समितिलाई बुझाउन निर्देशन दिएपछि उनीहरु बाध्य भएर मेलम्चीलाई उक्त जमानी बापत्को रकम भुक्तान गरेका थिए । 
 

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देश व्यापीरुपमा वृहत् बृक्षारोपण कार्यक्रम आयोजना

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देश व्यापीरुपमा वृहत् बृक्…

नबिल बैंकको सिइओमा मनोज कुमार ज्ञवाली नियुक्त

नबिल बैंकको सिइओमा मनोज कुमार ज्ञवाली नियुक्त

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारो…

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत्‌ आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत्‌ आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन