हेटौंडा अस्पतालको 'हाइ डिपेन्डेन्सी' बेड भरियो

हेटौंडाः हेटौंडा अस्पतालले शुक्रबारबाट संचालनमा ल्याएको २० हाइ डिपेन्डेन्सी (एचडीयू) बेड भरिएको छ । कोडिड–१९ उपचार कक्षको २० एचडीयू बेडमा १९ जना गम्भीर संक्रमितहरू भर्ना भएर बसेका छन् । यस्तै ४ जना आइसीयूमा रहेको कोभिड इन्चार्ज डा.सागर काफलेले जानकारी दिए । उनकाअनुसार एचडीयू बेडमा १२ जना पुरुष र ७ जना महिला उपचाररत छन् भने छुट्टै आइसीयूमा ३ पुरुष र एक महिला उपचाररत छन् । उनीहरूमध्ये ३ जनालाई अक्सिजन दिएर राखिएको छ भने एक जनालाई भेन्टिलेटरको सहायतामा राखिएको छ ।
अस्पतालबाट ८ जनाको अवस्था सामान्य भएपछि डिस्चार्ज भएका छन् । अस्पतालले प्रसुति सेवा र आकस्मिक सेवा बन्द गरेर आइसीयू वार्डलाई पनि कोभिड वार्डमा परिणत गरेको छ । अस्पतालमा अहिले १७ आइसीयू बेड रहेकोमा ४ जनाले सेवा लिइरहेका छन् । यस्तै अस्पतालले ५० जनासम्म गम्भीर प्रकृतिका कोभिड संक्रमितहरूलाई उपचार दिन सक्ने अस्पताल प्रमुख डा. प्रविण श्रेष्ठले जानकारी गराए । हेटौंडा अस्पतालाई अब आवश्यकता अनुसार हेटौंडा उपमहानगरले स्वास्थ्यकर्मीहरू पठाउने निर्णय भएको छ ।
हेटौंडा अस्पतालमा रहेको ६ भेन्टिलेटर मध्ये ४ वटामात्र प्रयोगमा छन् । उच्च अक्सिज दिँदा नभए संक्रमितलाई भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । आइतबारदेखि अस्पतालको कोभिड–१९ उपचार कक्षमा दैनिक रूपमा संक्रतिहरूको मृत्यु हुन थालेको छ । मृत्यु हुनेहरूमा दिर्घरोगीहरू भएको अस्पतालले जनाएको छ । आइतबारदेखि बुधबारसम्म कोभिड उपचार कक्षमा ६ जना संक्रमितको मृत्यु भएको छ ।
निजी अस्पतालाई कोभिड अस्पताल बनाइँदै
हेटौंडाको एक निजी अस्पताललाई कोभिड अस्पताल बनाइने भएको छ । बुधबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले चुरेहिल अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । गम्भीर संक्रमितहरू बढ्दै गएपछि आइसियूसहि २५ बेड को कोभिड अस्पताल संचालनमा ल्याइने भएको हो । चुरेहिल अस्पतालमा अहिले ८ आइसीयू बेड छन् भने एक मात्र भेन्टिलेटरको सेवा उपलब्ध भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण पराजुलीले बताए । कोभिड आइसीयू भनिए पनि भेन्टिलेटरको नभई आइसीयूसहितको सेवा मात्र उपलब्ध हुने भएको छ ।

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

बागमतीमा पन्ध्र चालक र सहचालक सम्मानित
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

प्रतिक्रिया