बाबुराम भट्टराईको स्पष्टीकरणः जनयुद्धकालीन मुद्दा अदालतको नियमित काम होइन

काठमाडौं - नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालबाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने पाउने तर जनयुद्धकालीन मुद्दा अदालतको नियमित काम नभएको बताएका छन् । सामाजिक सञ्जालवाट स्पष्टीकरण दिँदै अध्यक्ष भट्टराईले आफ्नो हिजोका अभिव्यक्तिलाई स्पष्ट पार्दै जनयुद्धकालीन मुद्दा अदालतको नियमित काम नभएको बताएका हुन् ।
‘सानो स्पष्टीकरणः बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन, मज्जाले पाइन्छ, म आफै प्रम छॅदा थुप्रै मुद्दा खेपेको छु, अदालतमा हाजिर भएको छु, भट्टराईले भनेका छन, ‘तर शान्तिसम्झौता अनुसार जनयुद्धकालीन मुद्दा टिआरसीले हेर्ने हो, नियमित अदालतले हैन, प्रम प्रचण्डको हकमा पनि त्यही हो, आवेग हैन विवेकले काम गरौं ।’
शुक्रबार सर्वोच्च अदालतले फौजदारी मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा दर्ता गर्न आदेश दिउको थियो । हिजो माओवादी नेतहरूले त्यसको प्रतिवाद गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया