झलनाथलाई भेटन डल्लु पुगे रामचन्द्र

काठमाडौं - राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले सक्रियता बढाएका छन् । आगामी फागुन २५ गते हुन गइरहेको निर्वाचनमा राष्ट्रपति पदका उम्मेदवार एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका हुन् ।
राष्ट्रपतिका उम्मेदवार पौडेलले नेकपा (एकीकृत समाजवादी) का सम्मानित झलनाथ खनालसँग आज बिहान भेट गरेर आफ्नो पक्षमा मत मागेका छन् । नेता खनाललाई भेट्न वरिष्ठ नेता पौडेल खनाल निवास डल्लू पुगेका थिए ।
आठ दलको साझा उम्मेदवार पौडेल र खनाल बिचको भेटका क्रममा दुई नेताबीच समसामयिक राजनीतिक विषय र राष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको नेता पौडेलको सचिवालयले जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया