सालाह बने लिभरपुलका लागि लिगमा सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौँ- मोहमद सालाह लिभरपुलका लागि इंग्लिस प्रिमियर लिग फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७-० स्तब्ध तुल्याउँदा सालाहले २ गोल गरेका थिए ।
यससँगै सालाहले लिभरपुलका लागि १ सय २९ औँ गोल पूरा गरेका छन् । ३० वर्षीय सालाहले यसअघि रोबी फाओलरको १ सय २८ गोलको कीर्तिमानलाई पछि पारेका हुन् ।
लिभरपुलका लागि लिगमा स्टेभेन जेरार्डले १ सय २० तथा माइकल ओवेनले १ सय १८ गोल गरेका छन् ।
यस सिजनले सालाहले ११ गोल गरिसकेका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया